भारतले आफ्नै मुखमा झापड हान्योः चीन चीन–भारत विवादित क्षेत्रमा भारतले पनि बाटो बनाउने

दोक्लमको विषयमा भएको विवादले चिस्सिएको चीन–भारत सम्बन्धमा भारतले थप चिसो पानी खन्याउने भएको छ। दोक्लम विवाद सुल्झाउने प्रयासमा एक अर्काका सर्त र अडानहरूबीच रस्साकस्सी चलिरहेका बेला भारतले चीन–भारत सीमा क्षेत्रको पश्चिमी भागमा नयाँ मार्ग निर्माण गर्ने योजनालाई कार्यान्वयनमा ल्याउन लागेपछि स्थितिले कोल्टो फेर्ने देखिएको छ।
चीनलाई टक्कर दिने मनशायले भारतको गृह मन्त्रालयले चीन–भारत विवादग्रस्त क्षेत्र लद्दाखमा मार्सिमिक् ला देखि हटस्प्रिङ (चिनियाँमाः मा अर स् मि ख ला–र् छ्वान) सम्म विशेष मार्ग निर्माण सम्बन्धी परियोजना अनुमोदन गरेको हो।
मर्सिमिक ला भन्ने स्थान चिनियाँ पानकुङ तालदेखि उत्तरपश्चिम २० किलोमिटर दूरीमा पर्दछ, जहाँ हालै चिनियाँ तथा भारतीय सीमा रक्षकबीच ढुंगा हानाहान भएको थियो। चिनियाँ गतिविधि नियाल्न सहज होस् भनेर सडक निर्माणको योजना भारतको गृहमन्त्रालयलाई दिइएको हो।
रोड निर्माण सम्बन्धी परियोजनालाई भारतीय गृह मन्त्रालयले अनुमोदन गरेलगत्तै बिहिबार बेइजिङमा चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनिन्, ‘भारतले आफ्नै मुखमा झापड हानेको छ, उसको यस्तो गतिविधिबाट चीन–भारत सीमा समाधानमा भारतले जे भन्थ्यो, त्यसको उल्टो गर्दै आएको पुष्टी भयो।’
दोक्लम विवाद समाधानमा कुनै प्रगति नभइरहेका बेला चीनले चीन–भारत सीमा समस्यामा भारतको भनाइ र गराइमा भिन्नता औंल्याएको हो। राजमार्ग निर्माण गर्नका लागि अनुमोदन गरिएको स्थल विवादग्रस्त क्षेत्र हो। भारतीय संचारमाध्यमहरूका अनुसार राजमार्ग बन्ने स्थल चीन वा भारतको भनेर यकिन गरिएको छैन।
भारतले कूल १२०.५८ करोड भारतीय रूपैयाँ लगाएर यो परियोजना सुरूवात गरेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। ३२.९ किलोमिटर लम्बाईको यो सडक बनेपछि लद्दाख क्षेत्रको पूर्वका विकट इलाकाहरूमा भारतीय सुरक्षा फौजको सहज पहुँच हुनेछ।
परराष्ट्र प्रवक्ता ह्वाले बेइजिङमा भनिन्, ‘भारतले सीमारेखा निश्चित नगरिएको क्षेत्र अर्थात् चीन–भारत सीमा क्षेत्रको पश्चिमी भाग नजिकको खण्डमा सैन्य लक्ष्य सहित आधारभूत प्रबन्धको निर्माण गरेमा दुवै देशबीच सीमा क्षेत्रको परिस्थितिलाई खुकुलो पार्नुको सट्टा झन् चर्काउनेछ।’


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment