नालापानी युद्धको कथामाथि फिल्म बन्ने

निर्देशक रिमेश अधिकारीले फिल्म ‘नालापानी’ बनाउने भएका छन्। नेपाल–अंग्रेज लडाईका बेला भएको नालापानी युद्धको कथालाई लिएर उनले फिल्म निर्देशन गर्ने भएका हुन्।
सन् १८१६मा ब्रिटिश अंग्रेजले आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालको पश्चिम दक्षिणमा रहेको ‘नालापानी’मा आक्रमण गरेको थियो । त्यस बखत नेपालको तर्फबाट सिमित स्रोत साधन र सिपाहीका साथ युद्ध मैदानमा उत्रिएका कप्तान वीर बलभद्र कुँवरले पराजय भोगेका थिए । तर, पनि नेपालीले देखाएको वीरता प्रति ब्रिटिश सैनिकले प्रशंशा गर्दै बलभद्र कुँवरको बहादुरी प्रति विश्वभर चेतना फैलाएको थियो । शुक्रवार राजधानीमा एक कार्यक्रमविच यही कथामाथि फिल्म बनाउने घोषणा भएको हो।
नेपालले पराजय भोगेको ‘नालापानी‘ नेपाल–भारतको सुगौलि सन्धी पश्चात अहिले भारतको देहरादुनमा पर्छ । अनुमानित लागत ९ करोड भनिएको यो फिल्ममा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह, विकेश श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिशा शाक्य, कृष्णा आचार्य, तुलासा थापा लगायतका कलाकारले अभिनय गर्नेछन्।
फिल्ममा आशिष रेग्मीको पटकथा तथा संवाद रहने भने रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गर्नेछन्। फिल्मका निर्माता मजोन शाक्य हुन्।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment