ऋतुको वुझाइमा ‘तीज’: ‘पहिलेको जस्तो रमाइलो छैन’



संगीतमा स्नातकोत्तर गर्ने तयारीमा रहेकी गायिका ऋतु कँणेल पछिल्लो समय गायनमा ब्यस्त हुन थालेकी छिन् । लोक, तीज र आधुनिक गीत समेत गाएकी ऋतु आफुलाई चुजी गायिकाको रुपमा चिनाउन चाहन्छिन् ।
तीज शीर्षकमा गाइएका कतिपय गीतले तीजको मर्ममाथी प्रहार गरेको अनुभव गरेकी ऋतु ‘अर्गानिक तीज’ हराएकोमा चिन्तित छिन् । सानो छँदा आमाको सट्टा मामाघर जाने गरेकी ऋतुले शहरीकरणकै कारण चेलीबेटी ल्याउने पुर्‍याउने चलन हराएको अनुभव गरेकी छिन् । पहिला र अहिलेको तीज उनको आफ्नै शब्दमाः
म सानै थिएँ । आमालाई लीन भन्दै नवलपरासीबाट सानीआमा र मामाहरु आउनु हुन्थ्यो । कुनै वर्ष सानीआमा त कुनै वर्ष मामा पालैपालो आउनुहुन्थ्यो । हाम्रो घर चितवन हो । अहिले शहर भए पनि त्यतिवेला गाउँ जस्तै थियो ।

घरमा धेरै जना हुनुहुन्थ्यो । फुपुहरु आउनु हुन्थ्यो । फुपुहरुलाई दर खुवाउन पर्ने भएकाले प्रायः आमा मामाघर जान पाउनुहुन्नथ्यो । आमाको साटो म जान्थेँ । ‘म त भ्याउदिनँ, भान्जीलाइ लिएर जाउ’ भन्दै नयाँ लुगा लगाइदिनु हुन्थ्यो आमाले । म फुरुङ्ग पर्दै मामाको पछि लागेर जान्थेँ ।
मामाघरमा छुट्टै रमाइलो थियो । सानीआमाहरु हुनुहुन्थ्यो । घरमा सबैले तीजको गीत गाउथे, म छमछमी नाँच्थेँ । म सानैदेखी नाच्न सिपालु भएकीले पनि सानीमाको रोजाइमा म पर्थेँ ।
अहिले सम्झन्छु । त्यो तीज अब स्मृतिमै सिमित छ । न त चितवन पहिला जस्तो रह्यो न त नवलपरासी नै, काठमाडौं त अर्कै भैसक्यो । तीजमा दुध, दही र फलफुललाई निकै महत्व दिइन्थ्यो । ब्रत बस्ने महिलाहरुले अडिलो खानु पर्छ भनेर राती उठेर भात खाने चलन थियो । दुध, दही, केरा र घ्यु हालेर पकाएको परिकार खाने चलन थियो । तीजमा माछा मासु पाक्दैन थियो ।
तर, अहिले माछा मासु अनिवार्य हुन थालेको छ भने महिला दिदी बहिनीले वाइनलाई पनि दरको परिकारको रुपमा स्विकार गरीसकेको आभाष मिलेको छ । मलाई लाग्छ । त्यो ‘अर्गानिक तीज’ अब केबल सस्मरणमा मात्रै बाँकी रह्यो ।
अहिले म काठमाण्डौमा बस्छु । आमा बुबा पनि काठमाण्डुमै बस्नु हुन्छ । मेरो घरमा अहिले पनि उहि १५ वर्ष अघि चितवनमै मनाए जस्तै गरि दुध दही, फलफुलले तीज मनाउने चलन छ । तर, प्याकेटको दहीको स्वाद ठेकीको जस्तो मिठो नहुने रैछ । आफ्नै बारीमा फलेको केरा बजारमा किनेको भन्दा कति मिठो मिठो ।
ल्याउने लाने चलन हरायो
बर्खे खेती सकिएपछि आउने तीज चेलीबेटीहरुका लागि यसकारण पनि महत्वपूर्ण हुन्छ कि चेलीबेटीले केही दिन माइतीमा थकाइ मारेर बस्थे भने गीतकै माध्यमबाट मनमा भएका पीर ब्यथा पोख्थे । तन्नेरीहरु सपना खोज्दै खाडीमा पुगेपछि गाउँको बारी बाँझै छ । बारी बाँझै भएपछि थकाई लाग्न छाडेको छ, चेलीबेटीलाई । सायद त्यहिकारण हुनसक्छ अहिले घर माइती गर्नेहरु पनि क्रमशः घट्दैछन् ।
अचेल दिदी बहिनी लिन आउने, जाने चलन पनि हराएको छ । ल्याउने पुर्‍याउने चलन हराउनुमा प्रविधीको पनि भुमिका भएजस्तो लाग्छ । हरेकको हातमा मोबाइल भएपछि फोनवाटै निम्ता गर्ने चलन सुरु भएको छ ।
समय अनुसार प्रविधीको विकास हुन्छ । यसलाइ नकार्न सकिँदैन । तीज शीर्षकमै गरिने कतिपय विकृतीलाइ हटाउन पर्छ । तर, पर्व मान्ने बहानामा गरिने फजुल खर्च र चर्चा पाइने लोभमा गाइएका भद्दा गीतले तीजको महत्व क्रमशः घटाउँदै लैजान्छ भन्नेमा पनि सचेत हुन जरुरी छ ।
२०७४ भदौ ८ गते १०:४७ मा प्रकाशित

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment