जब रियल मड्रिडले मेस्सीलाई स्वागत गर्‍यो

मेस्सी
मेस्सी
स्थानीय समानुसार बिहान साढे ५ बजे रियल मड्रिडको आधिकारिक ट्विटर एकाउन्टमा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले रियल मड्रिड विरुद्ध गोल गरेको भिडियो पोष्ट गर्दै लेखियो– ‘मेस्सीलाई स्वागत छ।’ आधिकारिक ट्विटर एकाउन्टबाट मेस्सीलाई स्वागत गरिएको पोष्ट देखेपछि मड्रिडका समर्थकहरु अकमक्क परे। कतिपय समर्थकहरुले त मेस्सी रियलमा आएको भन्दै खुसी पनि भए।
लेखिएको ४५ मिनेटमै उक्त पोष्ट भाइरल बन्यो। सो ट्विट २७ हजार चोटी रिट्विट भइसकेको थियो।
ह्याकरहरुले रियल मड्रिडको अफिसियल एकाउन्ट ह्याक गरेर यो सन्देश पोष्ट गरेर धेरैलाई झुक्काएका थिए। केही दिनअघि मात्रै ह्याकरहरुले बार्सिलोनाको एकाउन्ट ह्याक गरेर पेरिस सेन्ट जर्मेनका एन्जल डी मारियालाई यसरी नै स्वागत गरेका थिए।


सो घटना सेलाउन नपाउँदै रियल मड्रिडको एकाउन्ट पनि ह्याक भएको हो। रियल मड्रिडमा मेस्सीलाई स्वागत गरेको ट्विट ९० मिनेटपछि हटाइएको थियो।
युरोपमा पछिल्लो १२ महिनामा विभिन्न उच्च प्रोेफाइल भएका मानिसहरुको  ट्विटर एकाउन्ट ह्याक हुने सिलसिलामा यो घटना भएको छ।
ह्याकरहरुको एक समूहले यस घटनाको जिम्मेवारी लिँदै इन्टरनेट सुरक्षा निकै कमजोर भएको आफूहरुले पुष्टि गर्न खोजेको बताउँदै आएको छ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment