देउवाले दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधन गर्न नसकेको र फेरि संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएका थिए। देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै माओवादी नेता श्रेष्ठले देउवाको अभिव्यक्तिले नेपालीको अपमान भएको उल्लेख गरेका छन्।

बिहीबार राति ट्विटरमा उनले भनेका छन् ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ। प्रमलाई थाहा छ के बोल्नुभो?’ श्रेष्ठले मधेसको मत पाउने आशामा त्यस्तो अभिव्यक्ति दिएको श्रेष्ठले अनुमान गरेका छन्।

उनले बिहीबार रातिकै अर्को ट्विटमा उनले भनेका छन् ‘सायद प्रधानमन्त्रीका लागि दिल्ली कुनै निर्वाचन क्षेत्र हो र उनले मधेसको भोट पाउन यो कुरा भनिरहेका छन्। उनले वास्ता गरेनन् कि म काठमाडौंमा बोलिरहेको छु कि दिल्लीमा? र म प्रधानमन्त्री हो कि कांग्रेस सभापति?’
www.nepalesecareer.blogspot.com
0 comments:
Post a Comment
comment