काठमाडौं, भदौ ५— नेपाल दूरसंचार प्राधिकरणले काठमाडौंका थप तीन स्थानमा निःशुल्क वाइफाइ प्रदान गर्ने भएको छ ।
प्राधिकरणले काठमाडौंको पद्मकन्या
क्याम्पस, सिंहदरबार र संचारग्राम तिलगंगामा निःशुल्क वाइफाइ सुविधा प्रदान
गर्ने भएको हो ।
प्राधिकरणले उपत्यका लगायतका देशका विभिन्न स्थानमा रहेका सार्वजनिक
स्थलमा निःशुल्क वाईफाई कनेक्सन दिने योजना अनुसार पहिलो चरणमा सिंहदरबार,
पदमकन्या क्याम्पस र पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता कार्यालय रहेका
संचारग्राममा निशुल्क वाइफाइ दिने व्यवस्था गर्न लागेको हो ।यसअघि नेपाल टेलिकमले काठमाडौंको शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नर्भिक अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निशुल्क वाइफाइ सेवा दिइरहेको छ।
अन्य सार्वजनिक स्थानको पहिचान हुँदै गरेपनि हालको लागि यी ठाउँमा कनेक्सन दिनको लागि इन्टरनेट सेवाप्रदायकबाट प्रस्ताव माग गरिएको छ।प्रस्ताव स्वीकृत भएका सेवाप्रदायकले सम्झौता भएको मितिले दुई महिनाभित्र उक्त स्थानहरुमा कनेक्सन दिइसक्नुपर्ने प्राधिकरणको सर्त रहेको छ।
यसहिसाबले दशैसम्म उक्त स्थानहरुमा निःशुल्क वार्इफार्इको व्यवस्था हुने छ।सेवाप्रादयकले कनेक्सन दिने त्यसबापतको भुक्तानी भने प्राधिकरणले बेहोर्नेगरी कार्यक्रम अगाडि बढाइएको प्राधिकरणले जानकारी दिएको छ।
0 comments:
Post a Comment
comment