९ भदौ, काठमाडौं । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।
नेपाल भ्रमणमा रहेका चीनका भौतिक
पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री
वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने
सहयोगका विषयमा छलफल गरेका हुन । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ
प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका
उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे छलफल गरेको थियो । बैठकमा
मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक
पूर्वाधारका परियोजनाबारे जानकारी गराएका थिए ।
उनले काठमाडौँ–स्याफ्रुबेँसी,
सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको
राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी
दुई लेन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । त्यसैगरी अरनिको
राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेँेसी–रसुवागढी १६ किमी सडक दुई लेन
बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाखा खुलाउने, सिगात्से–रसुवागढी–
काठमाडौँ, काठमाडौँ–पोखरा र मेची महाकाली रेलले सञ्जाल विस्तारबारे लगानी
गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गरेका थिए । उपयुक्त आयोजनामा
चिनियाँ पक्ष लगानी गर्न सकारात्मक भएको छ ।
चिनियाँ मन्त्री युआनले हालसम्म चीनले
नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी
रेल्वे सञ्जाल, ठूला राजमार्गजस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी
गर्ने बताए । उनले चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला
आयोजनामा लगानी गर्न नेपाल सरकारसँग ठोस प्रस्ताव मागेका थिए । चिनियाँ
पक्षले पूर्वाधार विकासमा लगानी, लगानी सुरक्षितसम्बन्धी कानूनी अवस्थाबारे
जानकारी लिनाका साथै विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको
सुपरिवेक्षण र अनुगमनसम्बन्धी कानून बुझ्न नेपाल आएको मन्त्रालयले जनाएको छ
।
बैठकको सहजीकरण गर्दै नेपाल राष्ट्र
बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल तथा अर्थ, कानून, परराष्ट्र मन्त्रालय
तथा लगानी बोर्डका सम्बन्धित शाखाका प्रमुखले नेपालको कानून, आर्थिक
लगानीको सम्भावना, कर प्रणाली, कानुनी अवस्था र लगानीको अवसरबारे चिनियाँ
पक्षलाई जानकारी गराएका थिए ।
गभनर्र डा नेपालले नेपालमा वैदेशिक लगानी
भित्र्याउन कानूनी सरलता रहेकाले जोसुकैले लगानी गर्नसक्ने बताए । बैठकमा
भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, नेपालका लागि चिनियाँ राजदूत यु
होङसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । नेपाल सरकारको
निमन्त्रणामा पाँच सदस्यीय चिनियाँ प्रमण्डल औपचारिक भ्रमणका लागि आजै
नेपाल आएको हो । रासस
www.nepalesecareer.blogspot.com
0 comments:
Post a Comment
comment