भक्तपुरमा खोलाको पानीले सडक भासियो


भक्तपुरको पलासेँमा अरनिको राजमार्ग भासिएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ९ पलासँे स्थित अरनिको राजमार्गमा स्थानिय व्यक्तिले खोला थुनेर जग्गा सम्याउने काम गर्दा खोलाको पानिले सडक भासिएको हो ।
खोलाको दायाँ बायाँ आफ्नो जग्गा भएकोले खोलामा हिम पाईप राखेर खोला माथि ब्यापरिक प्रायोजनका लागि जग्गा सम्याउने काम गरीरहँदा हिजो परेको पानिले खोलामा पानिको बहाव बढेर पिच सडकमा क्षति भएको हो ।
डिभिजन सडक कार्यालयलाई जानकारी नै नदिई सडक मापदण्ड भित्रको जगा सम्याउने काम गरेको र सडकलाई समेत क्षति पुर्याएकोले अब दोषीलाई सार्वजनिक सडक ऐन अन्तर्गत २०३१ को दफा १८ वमोजिम कडाकार्वाही गर्ने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरु प्रसाद अधिकारीले बताए र
सुर्यबिनायक नगरपालिका वडानं ९ का वडाअध्यक्ष उमेन्द्र केसीका अनुसार स्थानियको बिरोध गर्दा पनि अतेर गरि र बडाकार्यालयलाई समेत जानकारी नदिई प्रकाश जोशिले सार्वजनिक जग्गा अतिक्रम गरी आफ्नो जग्गा सम्याउने काम गरेको हो ।
वडाकार्यालयमा बोलाई यो काम नियम बिपरीत भएकोले तत्काल काम रोक्नु भनेको तर अतेर गरी काम गरेकोले आज यो परिणामा भोग्नु परेको वडाअध्यक्ष उमेन्द्र केसी बताउन्छन् ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment