अन्तत: रामकृष्ण ढकालले मुख खोले, ” मेरो सपोर्ट राम्रो गाउनेलाई हो, कुनै जाति विशेषलाई होइन” [भिडीयो सहित]

ति बेला गायक रामकृष्ण ढकाल विवादमा मुसिएका छन् । एपि वान टेलिभिजनबाट प्रसारणमा आउने चर्चित रियालिटी सो नेपाल आइडलमा गत शुक्रवार ढकाल अतिथि जजको रूपमा गएका थिए । उक्त कार्यक्रममा ढकालले प्रतिस्प्रर्धी बारेमा बोलेको कारण उनी विवादमा मुसिएका हुन् । उनले आफूलाई मनपर्ने प्रतिस्प्रर्धी निशान भट्टराई र प्रताप दास रहेको बताएका थिए । त्यसको साथै सोमा राम्रो गाउनेलाई अवसर दिनु पर्ने अभिव्यक्त्ति राखे सँगै उनको विरोध भएको हो । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले ढकाललाई गाली गरिरहेका छन् । उनी जस्तो वरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढङ्गले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरूले बताएका छन् । रामकृष्ण ढकालसँग सिनेपाटीले कुरा गर्दा आफूले कहिले पक्षपाती रूपमा नबोलेको बताएका छन् ।



उनी भन्छन् ‘मैले कुनै जातभातलाई लिएर त्यस्तो कमेन्ट गरेको थिइन् । म सबैलाई सम्मान गर्छु । सायद लाग्छ मैले कसैको लागी नराम्रो बोलको थिइनन् । ’ उनी थप्छन् ‘मेरो बोलीले यति ठुलो हलचल गर्ला जस्तो लागेको थिएन । यदि यतिधेरै विवाद हुने थाहा भएको म बोल्दिन थिए होला । टप ५ मा पुग्ने सबैलाई मेरो शुभकामना छ । राम्रो भन्दा नि उत्कृष्टलाई दर्शकले छान्नु हुन्छ ।’
आफूले सधै राम्रो गाउनेलाई प्रोत्साहन गर्ने बताउने ढकालले जातभातको कुरा नउठाउन आग्रह गरे ।
आफ्नो प्रतिक्रया दिनुहोस

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment