यमबुद्ध शान्ति दौडमा हर्कबाहादुर र भावना प्रथम


बिराटचौक । मोरङको बिराटचौकमा स्वर्गीय यमबुद्धको सम्झनामा आयोजना भएको यमबुद्ध शान्ति दौड मिनी म्याराथुन प्रतियोगितामा पुरुष तर्फ दमकका हर्कबाहादुर लुवागुन प्रथम, सोही स्थानका यङदिप राई दोस्रो तथा बेलवारीका शेरबाहादुर राई तेस्रो भएका छन । महिला तर्फबाट विराटचोककी भावना श्रेष्ठ प्रथम, खोर्सानेकी सन्जु गुरुङ दोस्रो तथा लक्ष्मीमार्गकी संगीता तामाङ तेस्रो भए ।
म्याराथुन दौडमा प्रथम,दोस्रो तथा तेस्रो स्थान हासील गर्नै महिला पुरुषका दुबै समुहलाई क्रमस १५ हजार ,१० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र यम बुद्ध फाउण्डेसनका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री रामकुमार सुब्बाले वितरण गरे । यम बुद्ध फाउण्डेसनको आयोजनामा म्याराथुन भएको थियो । सुन्दरहरैंचाको सलकपुर देखी बेलवारीको बेतना सिमसार सम्म करिब ७ कि.मी.को दुरीमा म्याराथुन भएको थियो ।
१६ वर्ष माथीका महिला पुरुषहरुको सहभागिता रहेको म्याराथुनमा करिब १ सय जना पुरुष तथा ५० महिला हरुको सहभागिता रहेको थियो । सुब्बाले राम्रो प्रतिभा भएका युवा कलाकार स्व.यम बुद्धको सम्झनामा शान्ति दौड मिनी म्याराथुन प्रतियोगिता हुनु राम्रो काम भएकाले उनी जस्तो प्रतिभाशाली कलाकारको समाज तथा देशमा ठुलो महत्व हुने बताए ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment