तक्मेबुढाको यात्रा हलिउड तर्फ, मुन्द्रे फेरि जिरेखुर्सानी ल्याउँदै, के गर्दैछन् माग्नेबुढा ? (भिडियो)

काठमाडौं, १४ भदौ । अहिलेका निकै व्यस्त र चर्चित हाँस्य कलाकार हुन् जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्नेबुढा) र विल्सन विक्रम राई (तक्मेबुढा) । उनीहरुले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा २’ अहिले प्रमोशनको क्रममा छ । असोज ११ गते रिलिज हुने चलचित्रका दुई वटा गीत र ट्रिजर समेत सार्वजनिक भइसकेको छ ।

यसैक्रममा यी तीन जना कलाकारहरुसँग मिडिया एनपी टिभीले रमाइलो कुराकानी गरको छ । कुराकनी क्रममा जितु नेपालले आफु चाँडै हाँस्य टेलि श्रृंखला ‘जिरेखुर्सानी’ लिएर आउन लागेको सुनाए । ‘जिरेखुसानीले नै मलाई मुन्द्रे बनाएको हो । त्यसैका कारण देशविदेश पनि घुमेँ,’ उनले भने ‘सबैको अपेक्षा अनुसार फेरी एक पटक जिरेखुर्सानी लिएर आउँदैछु ।’ उनले सुटिङ शुरु भएको र विहिबार नेपाल टेलिभिजनबाट प्रशारण हुने बताए ।

यता केदार घिमिरेले भने उनको हाँस्य टेलिश्रृंखला ‘खासखुस’ बाहेक फिल्ममा व्यस्त रहेको बताए । ‘खासखुस पछि फिल्ममै व्यस्त छु । खासखुस अहिले कान्तिपुर टिभीबाट प्रसारण भइरहेको छ । अनि युट्युबमा समेत आउँछ,’ उनले भने ।
नेपाली चलचित्रका साथै बलिउड चलचित्रमा समेत अभिनय गरिसकेका विल्सन विक्रम भने चलचित्रकै काममा व्यस्त रहेको सुनाए । उनले अभिनय गरेको हिन्दी चलचित्र ‘बोरीवलीका ब्रुसली’ २०१७ को अन्त्यमा रिलिज हुने उनको भनाई छ । उनले ठट्यौली पारामा अमेरिका (हलिउड) चाँडै जाने बताए । ‘अमेरिका (हलिउड) चाँडै जाँदैछु । तर घुम्नका लागि मात्रै,’ उनले हाँस्दै भने ।
उनीहरुले ‘छक्का पञ्जा २’ राम्रो बनेको बताए । ‘छक्का पञ्जा’ का कुनै पनि ‘छक्का पञ्जा २’ मा नरहेको उनीहरुको भनाई छ ।



www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment