नेपाल आइडलमा रामकृष्ण ढकालले जे देखे त्यही बोलेः संगीतकार अर्जुन पोखरेल

काठमाडौं, १३ भदौ । संगीतकार अर्जुन पोखरेलले गायक रामकृष्ण ढकालले नेपाल आइडलमा जे देखे त्यही बोलेको बताएका छन् । उनले मंगलबार फेसबुक स्टाटस लेख्दै आइडलमा ढकालले गल्ती नबोलेको बताएका हुन् ।
शुक्रबार प्रसारण भएको आइडलको ‘परिक्षाफल’ राउण्डमा अतिथी निर्णायककारुपमा ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोग माग्ने आशयले बोलेको भन्दै विरोध भइरहेका बेला संगीतकार ढकालले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

उनले ढकाललाई चाँडै आवेशमा आएर गाली गरिएको भन्दै पछुताउनु पर्ने समेत बताएका छन् । ‘आदरणीय रामकृष्ण ढकाल दाइको नेपाली संगीतमा ठूलो त्याग र तपस्यालाई भुलेर यस्तो गाली गलौज गरेको देख्दा नमजा र दुःख लाग्यो । दाइले स्पष्ट बोल्नु भयो, देखेको बोल्नु भयो । उहाँले गल्ती गरेझै लाग्दैन,’ उनले भनेका छन्, ‘गल्तीनै हो भने पनि कलाकर्मीको अपमान कहिलेसम्म ? हामी नयाँ आइडल खोज्ने भन्ने अनि जो पहिलै आइडल मात्रै होइन संगीतको धरोहरहुनुहुन्छ उहाँहरुलाई भत्काउने ? साँच्चै हामी चाँडै आवेशमा आउँछौ र पछि पछुताउँछौ ।’


उनले यसअघि नेपाल आइडलका बारेमा बोल्न मन लागेपनि बोली नहालको बताएका छन् । यो कार्यक्रम नेपालमा आएको मै खुसी हुनुपर्ने उनको भनाई छ । उनले आइडलको टाइटल जित्ने र टप २० बाटै बाहिरिएका राम्रा प्रतिभाहरुसँग आगामी दिनमा सहकार्य हुने बताएका छन् ।
‘राम्रा प्रतिभाले केहीले हरेस नखानुहोस् । तपाई सफल हुने दिने पक्कै आउने छ,’ उनले भनेका छन्, ‘सबैलाई सफलताको शुभकामना ।’
उनले सकेसम्म राम्रो गाउने मान्छेनै पहिलो हुनुपर्ने भन्दै नभएपनि पिर नगर्न प्रतिस्पर्धीहरुलाई आग्रह गरेका छन् । उनले भारतमा जितेका मान्छे भन्दा हारेका मान्छे अघि भएको बताएका छन् । ‘सँधै राम्रो मान्छेले जित्छ भन्ने छैन । तर जित्नु र जिताउनु चाहिँ राम्रै मान्छेलाई हो,’ उनले थपेका छन् ।



www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment