राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बाढी र डुबानबाट क्षति पुगेको क्षेत्रको पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुटयाउनुपर्ने माग गरेका छन् । राहतका लागि राजपाले ३६ अर्ब रुपैयाँ माग गरेपनि सरकारले एक अर्ब मात्र निकासा गरेको बताउदै उनले सो रकम आफुहरुले वितरण गर्न पाउनुपर्ने बताए ।
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी पुगेका महतोले सदनमा टेबुल भएको परिमार्जनसहितको विधेयकको विपक्षमा मतदान गर्ने दललाई जनताले माफ नगर्ने समेत बताए । संविधान संशोधनको माग कुनै दलको नभई सबै मधेशी, आदिवासी जनजाति, शोसित पीडित जनताको भएको जिकीर गरे । संसदमा रहेका सबै दललाई विधेयकको पक्षमा मतदान गर्न आग्रह गर्दै महतोले पारित हुने वित्तिकै राजनीतिक निकास निस्कने र चुनावका लागि बातावरण सहज पनि हुने बताए ।
हिजो नाकाबन्दी हुँदा यो भारतले गरेको होइन भन्नेहरु आज पत्रकार सम्मेलन गरी गरी भारतका कारण नेपालमा डुबानमा परेको होइन भन्छन् । मरेको बालकलाई सदगत गर्ने जमिन नहुँदा सप्तरीमा ती बालकका काकाले बच्चा पानीमा बगाए । मधेस र मेधसीको लागि हौं भन्नेहरुले यस्तो अवस्था कसरी आयो, भन्ने बारे बोल्नु पर्छ कि पर्दैन ?
मधेसी नेताहरुले सरकारसँग राहत आफूलाई दिइनु पर्छ र त्यो पैसा आफूले मधेस लैजाने र आफुखुसी बाँडने भनिरहेका छन् । हिजो नाकाबन्दी र आन्दोलन गर्दा पनि यिनैले पैशा लगे । झ्यालको शिशा फुटे बापत टिकापुर काण्डका नाइके रेशम चौधरीलाई झन्डै २ करोड दिए । उनीहरु पैशा मागिरहने, यिनीहरु दिइरहने । यो भन्दा लाजमर्दो के होला ?
0 comments:
Post a Comment
comment