अब ह्वाट्सएपमा पनि भेरिफाइड प्रोफाइल


डाक्टर तथा नर्सहरुलाई धर्तीका भगवान भनिन्छ । तर कहिलेकाहीँ यिनै भगवान भनिएकाहरु यस्तो भयानक रुपमा प्रस्तुत हुँदा रहेछन् की सुन्दैमा जिउ काँप्नसक्छ ।

जर्मनीमा एउटा यस्तै दर्दनाक घटना भएको छ, जसलाई दोश्रो विश्वयुद्धपछि जर्मनीमा घटित सबैभन्दा भयानक घटना मानिएको छ ।
एकजना पुरुष नर्सले औषधिको ओभरडोज दिएर ९० जना बिरामीको हत्या गरेको छ ।
जर्मनीको ब्रेमेन सहरको डेलमेनहस्र्ट अस्पतालमा भएको हो यो घटना । ४० वर्षका निल्स हाएगेल नामक पुरुष नर्स अहिले जेलमा छन् । सन् २०१५ मा उनले दुईजना मानिसको हत्या गरे र अन्य ४ जनाको हत्या गर्ने प्रयास गरेका थिए ।
पुलिसका अनुसार फोरेन्सिक विशेषज्ञहरुले हाएगेलले सन् १९९९ देखि २००५ को बीचमा काम गरेका दुईवटा अस्पतालका १ सय ३० वटा लासको अनुसन्धान गरेका थिए ।
त्यसक्रममा अस्पतालमा मृत्यु भएका कतिपयको मृत्यु शंकास्पद देखियो ।
पुलिससँगको बयानमा हाएगेलले आफुले गम्भीर रुपले बिरामी मानिसहरुलाई घातक सुई दिने गरेको स्वीकार गरे । जसका कारण मानिसहरुको हार्टफेल हुन्छ वा रक्तसञ्चार प्रणालीले काम गर्दैन ।
उनको यस्तो कर्तूतको पर्दाफास सन् २०१५ मै भएको थियो र उनले ९० भन्दा बढी मानिसको त्यसरी हत्या गरेको स्विकार गरेका छन् ।
यस्तो घटना भारतमा पनि घटेको थियो । महाराष्ट्रमा एक डाक्टरले औषधिको ओभरडोज दिएर ६ जना विरामीको ज्यान लिएका थिए । सन्तोष पोल नामक ती डाक्टरले एक महिला र ५ जना पुरुष विरामीको हत्या गरेका थिए । उनले एकजना नर्ससँग मिलेर यस्तो गरेका थिए । उनीहरु पक्राउ परिसकेका छन् ।
एजेन्सी
२०७४ भदौ १४ गते १२:४९ मा प्रकाशित


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment