मोटर साइकल एक आपसमा ठोक्किदा ४ जनाको मृत्यु


रुपन्देहीको देवदह नगरपालिका भलुहीमा मोटर साइकल एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत दुई विपरित दिशाबाट आइरहेका लु २३ प १०२८ नं को पल्सर मोटरसाइकल र लु ३३ प, ७०८३ नं को स्पेलेन्डर मोटर साइकल एक आपसमा ठोकिदा दुर्घटना भएको देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक सुरज कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा नवलपरासीको रामग्राम बस्ने वर्ष २५ को सुरज चौधरी रहेको प्रहरीले जनाएको छ । उपचारको क्रममा मृत्यु हुनेहरुमा मोटर साइकल पल्सर सवार बुटवल उपमहानगरपालिका वडा नं १६ बस्ने वर्ष २४ को सुमन कुँवर र सुनवल नगरपालिका २ बस्ने वर्ष २४ को दिवाकर यादव रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment