‘द कपिल शर्मा शो’का खजुरको भाग्यले यसरी कोल्टे फेर्यो



द कपिल शर्मा शो’ को खजुर अर्थात बाल कलाकार कार्तिकेय राज केवल १२ वर्षका छन् । तर अहिले देखिनै उनी परिवार धान्न कमाइ गर्दैछन्। पटना, बिहारमा जन्मेका कार्तिकेयको सपना थियो आफ्नै जन्मस्थलमा शान्तिपूर्वक बाच्ने। तर भाग्यमा केही अरु नै लेखिएको थियो।
एक भारतीय दैनिकसंगको अन्तर्वाता क्रममा कार्तिकेयले भने, ‘मैले कहिल्यै कलाकार बन्ने सोचेको थिइन। वास्तवमा मलाई अभिनय मन पर्दैन्थ्यो। पापाले मलाई जबरजस्ती किलकारी बिहार बाल भवन (बिहारको एक अभिनय इन्स्टिच्युट) मा अभिनय सिक्न पठाइदिनुभयो।’
त्यसपश्चात उनी एक महिना सोही बाल भवनमा रहे। अनि शिक्षकले ‘इन्डियाज बेस्ट ड्रामेबाज’ को अडिसन दिन पठाए। अचम्म त यो भयो कि उनी छानिए। छानिएका अन्य १६ जना सहित उनलाई मुम्बइ पठाइयो। उनी भन्छन्, ‘यो सबै मलाई सपना जस्तो थियो, किनकी केही पनि प्लान गरिएको थिएन। अब मलाई अभिनयको इच्छा जागेर आएको छ र मेरो सपना भविष्यमा सफल नायक बन्ने हो।’
अभिनय संग संगै उनी पढाइ पनि गर्दैछन्। तर उनको आर्थिक स्थिति राम्रो नभएकाले राम्रो शिक्षा पाउने उनको सपना कठिन छ।
उनी मुम्बइमै पढ्न चाहन्छन्। तर पटना भन्दा बढी खर्चालु भएकाले उनी खर्च उठाउन नसक्ने बताउँछन् । उनी मुम्बइमा आमासंग बस्छन् । उनको सानो भाइको पिताले बिहारमै हेरविचार गर्दै आएका छन्।
उनी भन्छन् ‘मलाई आशा छ एक दिन मसंग निकै पैसा हुनेछ। तब म मुम्बइमा नै आफ्नो घर किन्नेछु।’
कार्तिकेयकी आमा किरण देवी पुराना दिन सम्झिन्छिन। पटनामै पेट भरी खाना समेत नपाइएको बताउँदै पढाइ खर्च समेत उठाउन नसकेको बताउँदै,  उनी भन्छिन्, ‘अघिल्लो ४ वर्ष देखि हाम्रो भाग्यले कोल्टे फेर्यो। जब देखि कार्तिकेयले काम गर्न सुरु गर्यो, हामी पहिले भन्दा राम्रो स्थितिमा आइपुग्यौ। हामीलाई उमाथी गर्व छ। तर यसो हुँदा हुँदै दुख पनि छ, उसले पढ्न पाइरहेको छैन।’
कार्तिकेय अहिले ६ कक्षामा पढ्दैछन्।

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment