देउवाको अभिव्यक्तिप्रति प्रचण्डको पनि असन्तुष्टि !


९ भदौ, काठमाडौं । संविधान संसोधनका विषयमा प्रधानमन्त्री शेरबहादुरदेउवाले दिएको अभिव्यक्तिप्रति सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत असन्तुष्टि जनाएका छन् ।
पार्टीको ६ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै संविधान संसोधन आन्तरिक विषय भएको बताए ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनका क्रममा संविधान संसोधनको फेरि प्रयास गरिने बताएका थिए ।
भर्खरै संविधान संसोधन विधेयक संसदबाट असफल भएको छ, अब तत्काल संविधान संसोधन हुँदैन, तैपनि यो नेपालको आन्तरिक विषयम हो अरुसँग कुरा गरिराख्न आवश्यक छैन । फरक प्रसङ्गमा प्रचण्डले अब माओवादीले अहिलेको जस्तो पराजय कहिल्यै भोग्नु नपर्ने जिकिर पनि गरे ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment