सबै नेताले पार्टी छाडेपछि बाबुरामले गरे अनौठो निर्णय!


नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ ।
नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अब जनतासँग हँसिया चुनाव चिह्नमा मत माग्ने छ । उक्त पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्दै आउनुभएको छ ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा नयाँ शक्तिले हँसिया चिह्न लिएर निर्वाचनमा जाने जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुष्टि गर्नुभयो ।
यसअघि भएका स्थानीय तहको दुई चरणका निर्वाचनमा उक्त पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी हातमा बोकेको मशाल चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो ।
कूल २८ हजार ४२३ पदका लागि भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको गठबन्धनले ३८२ पदमा विजय प्राप्त गरेका थिए । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा १४ राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । रासस
Category: National News Politics News

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment