अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु


बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए । २८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ ।

मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्थलमा बाँसको घारी थियो ।
लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत उनलाई करेन्ट लागेको थियो । शाह बेहोस भएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई साल्टलेकस्थित ओइयो निजी अस्पतालमा रिफर गरियो जहाँ उनलाई मृत घोषित गरियो ।
आफ्नो प्रतिक्रया दिनुहोस

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment