भान्छामा यी ६ चिज भुलेर पनि नराख्नुहोस् , स्वास्थ्यका लागि खतरनाक 0


एजेन्सी । मानिसको स्वाथ्यसँग जोडिएको एक महत्वपूर्ण पार्ट भान्सा (किचन) पनि हो । भान्सामा खानेकुरा राखिन्छ र पकाइन्छ तर कहिले काँही अन्जानमा कयौँ यस्ता पनि लगिन्छ जो स्वास्थ्यका लागि खतरनाक सावित हुनसक्छ । जान्नुस् के हो त्यस्तो बस्तु ?
१.फलफूलका बिउ
अमेरिकामा गरिएको अध्ययन अनुसार स्याउ र चेरी जस्ता फलको विउमा एक प्रकारको हाइड्रोजन सायनाइड हुन्छ जसलाई प्रसिक एसिड भनिन्छ । यो एसिड स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसकारण फलफूलमा रहेको विउ भएको भाग खानबाट बच्नु राम्रो हुनेछ ।
२.आलु
टुसा पलाएको आलुको प्रयोग पनि स्वास्थ्यका लागि हानीकारक छ । रिपोर्टका अनुसार आलुको हरियो टुसा र पातमा ग्लाइकोअल्कोलाइड्स नामको रसायन पाइन्छ । जसको सेवनले डायरिया, पेटदर्द र टाउँको दुख्ने समस्या हुनसक्छ । यो रसायन धेरैदिनसम्म अध्यारोमा राखिएको आलुमा पनि पाइन्छ ।
३.बदाम
बदाम दुई प्रकारका हुन्छन् । पहिलो मिठो बदाम र दोस्रो हल कडुआ बदाम हुन्छ । रिपोर्टअनुसार कडुवे बदाममा पनि हाइड्रोजन सायनाइड मात्रा निकै हुन्छ। जो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
४.प्रशोधित नगरिएको मह
रिपोर्टअनुसार महलाई माहुरीको जालोबाट निकालेर सिधै खानुहुँदैन् । किनकि केही जालोको महमा ग्रेयानोटक्सिन पाइन्छ । जसको सेवनले शिथिलता र कमजोरीको खतरा रहन्छ । यसकारण प्रशोधित महको प्रयो गर्नु राम्रो हुनेछ ।
५.हरियो टमाटर
अमेरिकी च्यानल फोक्स न्यूजले प्रकाशित गरेको रिपोर्ट अनुसार टमाटरको भित्री दाना र पातमा अल्कली नामको विषालु पदार्थ पाइन्छ । र यो विषालु पदार्थ हरियो टमाटरमा पनि पाइन्छ, यसकारण हरियो टमाटर खानबाट बच्नुपर्छ । या यसलाई आगोमा पोलेर खान सकिन्छ ।
६.काँचो काजु
बजारमा पाइने काजु अधिकांश पाकेको हुन्छ अथवा वाफले पकाइएको हुन्छ । काँचो काजुलाई पकाउँदा यसमा रहेको आईवी नामक विषालु रसायन निकलिन्छ । काँचो काजु खानेका लागि यो रसायन घातक साबित हुनसक्छ ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment