काँग्रेस सभापतिले एमालेकी उपप्रमुखको चुल्ठो समाते, वडाअध्यक्षले भकाभक कुटे



मुस्ताङमा गाउपालिका प्रमुख र उपप्रमुखबीच नै कुटाकुट भएको छ । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले रक्सी सेवन गरेर कुटपिट गरेका हुन् । कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेका तेन्जिङले प्रहरी कार्यालयभित्रै उपप्रमुख गुरुङमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।
कुटपिटबारे प्रहरीमा उजुरी दिन गएको बेला तेन्जिङका बुबा नोर्बुले समेत उपप्रमुख गुरुङमाथि दुर्व्यवहार गरेको एमाले मुस्ताङका अध्‍यक्ष चन्द्रमोहन गौचनले बताए । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् ।
सहायक प्रजिअ खड्काले कुटपिटको कारणकोबारेमा अनुसन्धान भइरहेको बताए । खड्काले कुटपिटमा संलग्न गुरुङद्वयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए । जनताको मतबाट निर्वाचित भएका जनप्रतिनिधिहरु काम गर्नको साटो अापसमा झगडा गर्न थालेपछि जनता हैरान हुन् पुगेका छन् । ईमान्दार मिडियाबाट फाईल तस्बिर


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment