प्रदर्शनको चार दिनमै तमिल फिल्म ‘विवेगम’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड


एजेन्सी । विवेक ओबेराय र साउथका सुपरस्टार अजीत कुमारको तमिल फिल्म ‘विवेगम’ अहिले निकै चर्चामा छ । चर्चामा रहनुको मुख्य कारण यो होकी फिल्मले ‘बाहुबली २’ जस्तो सुपरहिट फिल्मको रेकर्ड तोडेको छ । प्रदर्शनको चार दिनमा नै ‘विवेगम’ले रेकर्डतोड कलेक्सन गरेको छ ।
अजीतको एक्शन फिल्मले ‘बाहुबली २’ को एक रेकर्ड तोडेको छ ।’बाहुबली २’ ले चेन्नईमा तीन दिनमा ३.२४ करोडको विजनेश गरेको थियो । तर, ‘बाहुबली २’ले ४.२८ करोडको विजनेश गरेको छ । ‘विवेगम’ले शनिवारसम्ममा ६७.९२ करोड ग्रस विजनेश गरिसकेको छ । यो चेन्नईमा यस वर्षको पहिलो विकेन्डमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । पहिलो हप्तामा यो फिल्मले चेन्नईबाट मात्र ५.७५ करोडको कलेक्सन गर्न सफल भयो ।
‘विवेगम’ यस वर्षको सबैभन्दा हिट सावित भैरहेको छ । यो फिल्मले प्रदर्शनको पहिलो दिन २५.८३ करोडको विजनेश गरेको थियो । ‘विवेगम’ तमिल सिनेमाको पहिलो इन्टरनेशनल स्पाइ थ्रिलर फिल्म हो । फिल्ममा अजीत इन्टेलिजेन्स अफिसरको भूमिकामा छन ।
यो फिल्मलाई शिवाले निर्देशन गरेका हुन् । फिल्ममा विवेक ओबरोय, अक्षरा हासन र काजल अग्रवालको पनि मुख्य भूमिका छ । फिल्ममा विवेक ओबेरोय भिलेन आर्यनको भूमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अजीत कुमार र विवेकबीच लडाईको दृश्य गज्जबको छ ।

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment