नायिका श्वेता खड्का अध्यक्ष रहेको सामाजिक संस्था ‘श्वेताश्री
फाउन्डेशन’ले निर्माण गर्दै गरेको ‘एकिकृत नमुना बस्ती विकास परियोजना’लाइ
एक क्लबले २० लाख नगद सहयोग गरेको छ । वंगलादेशमा स्थापित ढाका क्लबले
नमुना बस्ती निर्माण भैरहेको सिन्धुपाल्चोकको माझी बस्तीमै पुगेर रकम सहयोग
गरेको हो ।
मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले
श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई २० लाखको चेक हस्तान्तरण
गरे ।
कार्यक्रममा खत्रीले ढाका क्लबबाट प्राप्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने
प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै अधिकृत आलिमले गत ०७२ बैशाख १२ गते
गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षती देखेर आर्थिक सहयोग गरेको
खुलाए ।
नायिका स्वेता खड्का भने चलचित्र ‘कान्छी’को छायांकनका कारण सो कार्यक्रममा उपस्थित हुन सकिनन् ।
२०७४ भदौ १४ गते १३:०० मा प्रकाशित
www.nepalesecareer.blogspot.com
- Blogger Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
comment