गुल्मीमा खन्जना नाच र गीत संरक्षणको अभावमा



१४ भदौ, गुल्मी । मालिका गाउँपालिका वडा नं. १ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपउन्मुख अवस्थामा पुगेको छ ।
तीजको अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवा पुस्तामा सिको नहुँदा लोप हुन थालेको स्थानीय ढालबहादुर बोहराले बताए ।
यसको व्यापक प्रचारप्रसार नहुँदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोपोन्मुख अवस्थामा पुगेको बोहोराको भनाइ छ ।
मगर समुदायमा केन्दि्रत खन्जना आफ्ना पुराना पुर्खाले गाँउदै आएको स्थानीय बताउँछन् ।
खन्जनामा भगवान तथा देवीदेवताका गीतहरु महिला र पुरुषले सामूहिक रुपमा खन्जना गाउने र नाच्ने गरिन्छ ।
पछिल्लो समयमा युवा पुस्ताहरु पुरानो मौलिक संस्कृति भन्दा पनि आधुनिकता तर्फ बढी आर्कषित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थाले हो ।
पुरानो मौलिक संस्कृति खन्जनाको संरक्षणमा लागि परेता पनि दीगो रुपमा खन्जना जोगाउन धौ-धौ भएको समेत युवा समाजसेवी बोहोराले बताए ।
जिल्लाकै एक मात्र ठाँउ नेटामा खन्जना गाउने प्रचलन रहेको छ । जिल्लाको अयन्त्र कहिकतै ठाँउहरुमा पनि खन्जना नभएकोले आफ्नो ठाँउमा मात्र खन्जना रहेकाले संरक्षण गर्नुपर्नेमा खन्जना जानकार बोहोराको भनाइ रहेको छ ।
२०७४ भदौ १४ गते १३:०० मा प्रकाशित

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment