अपाङ्गता प्रमाणपत्र दुरुपयोग गरी सरकारी जागिर !



१४ भदौ, काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गतको नापी विभाग, मिनभवनमा अपाङ्गता परिचयपत्रको दुरुपयोग गरी एक व्यक्तिले सरकारी नियुक्ती पाएको भेटिएको छ ।
याङ्गसिला –५ मोरङका भिमबहादुर विकले पुस २१, ०७३ मा विभागमा नेपाल इन्जिनियरिङ सेवा सर्वे समूह राजपत्र अनंकित प्रथम श्रेणी (सुब्बा तहको) सर्वेक्षक÷नापी निरीक्षकमा नियुक्ती लिएका थिए ।

तर, उनले गैरकानूनी ढंगले अपांगता परिचयपत्र लिएर लोकसेवा पास गरी नियुक्ती लिएको भेटिएको हो ।
विकले नक्कली परिचयपत्र बनाई आर्थिक वर्ष मंसिर ०७३ मा अपाङ्ग आरक्षण कोटामा परीक्षा दिई लोकसेवा पास गरेका थिए ।
विकले चैत २९, २०६८ सालमा महिला तथा बालबालिका कार्यालयबाट अपाङ्ग परिचय पत्र बनाएका देखिन्छ । उनलाई सोही कार्यालयकी अधिकृत मञ्जु लोहनीले परिचयपत्र काटेको प्रमाण देखिन्छ ।
तर, विकका विरुद्धमा उजुरी परेपछि मोरङ्कै महिला तथा बालबालिका कार्यालय मोरङ्गले नै बदर गरेको छ । कार्यालयले गत असार १९ गते विकको अपाङ्ग परिचयपत्र बदर गरेको थियो ।
वैकल्पिक योग्यता क्रममा पहिलो नम्बरमा रहेका दिपेन्द्र रानाभाटले विक अपाङ्ग नभएको र उनको नियुक्ती गलत भएको र त्यसको छानविनका लागि लोकसेवा आयोग र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा उजुरी दिएका थिए । रानाभाटले माघ २०७३ मा उजुरी दिएका थिए ।
विकलाई अपाङ्ग परिचयपत्र जारी गरेको कार्यालयले नै उनको परिचयपत्र नक्कली भएको प्रमाणित भइसक्दा पनि विकको नियुक्ती बदर भएको छैन । लोकसेवा आयोगले नै विकको नियुक्तिको सिफारि बदर गर्न गत ७ गते सूचना जारी गरेको थियो ।
लोकसेवाले उनको स्थानमा वैकल्पिक योग्यताक्रमको पहिलो नम्बरमा रहेका उम्मेद्वारलाई नियुक्ती दिन पत्रै काटेको छ । लोकसेवाले गत ९ गते उक्त पत्र काटी ७ दिनभित्र नयाँ नियुक्तीबारे जानकारी गराउन पत्र काटेको देखिन्छ तर, त्यसको जानकारी हालसम्म कार्यालयले दिएको छैन ।
यद्यपि, विभागले भने विक कार्यालयमा कायम नरहेको दावी गरेको छ । विभागका रमेशराज भण्डारीले भने विक कार्यालयमा कार्यरत् नरहेको दावी गरे ।
२०७४ भदौ १४ गते १२:५५ मा प्रकाशित


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment