कन्डम प्रयोग नगरी गर्भ रोक्ने उपाय

पुरुषले यौन सम्पर्कका बेलामा लिङ्गमा लगाउने कन्डम प्रयोग नगरी गर्भ रहन नदिने अन्य कतिपय प्रभावकारी उपाय छन् :
 

 खाने चक्की (पिल्स) : हार्माेनयुक्त यी चक्की महिलाहरूले नबिराई दिनहुँ खाएर गर्भनिरोध गर्न सकिन्छ । यो चक्की दिनहुँ खाए महिलाको डिम्बाशयमा डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । यो चक्की खान बन्द गरे अर्को मासिक चक्रमै गर्भ रहने सम्भावना हुन्छ ।
 तीनमहिने सुई (डिपो) : डिपोप्रोभेरा सुईद्वारा दिइने हार्मोनयुक्त गर्भ निरोधको साधन हो । यसमा mभमचयहथउचयनभकतभचयलभ नामको औषधी हुन्छ । यो सुईले एकपल्ट दिएपछि तीन महिनासम्म काम गर्छ । यो सुईले महिलाको डिम्बाशयमा डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । सुई प्रयोग गर्न छाडे अन्य विधिको तुलनामा यस्तै चार महिनासम्म गर्भ रहन ढिलो हुनसक्छ ।
 आईयूसीडी (कपर–टी) यो पनि महिलाले नै प्रयोग गर्ने साधन हो । यसलाई पाठेघरमा राखिन्छ । यो तामाबाट बनेको हुन्छ । यसले विशेष गरेर पाठेघरको भित्री वातावरणलाई परिवर्तन गर्छ । डिम्ब र शुक्रकीटको मिलन हुन तथा डिम्बलाई पाठेघरमा बस्न असहज बनाएर गर्भ रहनबाट जोगाउँछ । एकपल्ट राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । यसमा हार्मोन नहुने भएकाले महिलाको मासिक चक्रमा प्रभाव पर्दैन भने यसलाई निकालेपछि अर्को मासिक चक्रमै गर्भ रहन सक्छ ।
 इम्लान्ट : हार्मोनयुक्त यो साधन पनि महिलाहरूले नै प्रयोग गर्नुपर्छ । सलाईको काँटीजस्तो तर केही लामै स–साना दुईवटा सिन्का महिलाको पाखुराको छालामुनि राखिन्छ । एकपल्ट राखेपछि यसले पाँच वर्षसम्म काम गर्छ । यसले डिम्ब उत्पन्न हुन नदिई तथा शुक्रकीट पाठेघरभित्र पस्न नदिई गर्भ रहनबाट रोक्छ । इम्लान्ट निकालेपछि केही महिनामै महिनावारी फर्कन्छ र गर्भ रहन सक्छ ।
 क्यालेन्डर विधिको उपयोग गर्न महिला (दम्पती) ले आफ्नो महिनावारीका दिनहरूमध्ये कुन दिनहरूमा सम्भोग गरेमा गर्भ रहन्छ र कुन दिनहरूमा सम्भोग गरे गर्भ रहँदैन भन्ने कुरा थाहा पाउनुपर्छ । यसका लागि गर्भ रहने दिनहरू कहिले सुरु हुन्छ र कहिले सकिन्छ थाहा पाउन सिक्नुपर्छ । लिङ्ग–योनि मैथुन गरिरहेका जोडीले वीर्य स्खलन हुन लागेको जस्तो भएपछि पुरुषले आफ्नो लिङ्गलाई योनिबाट बाहिर झिकेर योनिक्षेत्रभन्दा बाहिर वीर्यको स्खलन गराउने विधिलाई बाह्य स्खलन विधि भनिन्छ, तर यसको प्रयोगमा अभ्यस्त नहुँदा गर्भ रहने जोखिम बढी हुन्छ । तपार्इंलाई थाहै होला, स्थायी वन्ध्याकरण गराउँदा पनि कन्डम प्रयोग गर्नुपर्ने आवश्यकता रहँदैन ।

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment