एसीका बारेमा केहि तथ्य–भ्रम


भाद्र १४, २०७४-
भाइरल इन्फेक्सन
एसीमा धेरै बेर बस्दा भाइरल इन्फेक्सनको खतरा हुन्छ । यसले रुघा–खोकीसमेत निम्त्याउँछ । विद्युत्
जडान हुने भएकाले एसी मेसिनको कुनै भागमा तातोपन हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टे लुकेर बस्छन् । अफिसमा धेरै व्यक्ति एउटै कोठामा हुने भएकाले ती लामखुट्टेमार्फत डेंगुजस्तो खतरनाक रोग फैलन सक्छ ।
लामो थकान
कम तापक्रम भएको एसीनजिक निरन्तर बस्दा शरीरमा तापक्रम मेन्टेन गर्न समस्या हुन्छ । निकै पछि मात्र शरीरको तापक्रम ठीक ठाउँमा आउँछ, जसका कारण थकान महसुस हुन्छ ।
छाला र केशमा असर
दुई घण्टाभन्दा बढी समय निरन्तर एसीमा बस्दा छालामा असर पर्छ । एसीको चिसो
हावाले छालाको चिल्लोपन सोसेर त्यसलाई रुखो बनाइदिन्छ । एसीले केश पनि सुख्खा बनाइदिन्छ । त्यसैले सकेसम्म एसीबाट टाढै रहेको राम्रो हुन्छ । मोस्चराइजर लगाएर छालालाई केही हदसम्म जोगाउन सकिन्छ ।
जोर्नीमा पीडा
एसीबाट निस्किने चिसो हावाले शरीरको जोर्नी दुख्छ । गर्दन, हात र घुँडामा लामो समयसम्म चिसो हावाले हान्दा पीडा हुन्छ । यस्तो पीडा लामो समयसम्म कायम रहे ठूलै रोग निम्तिने खतरा पनि रहन्छ ।



www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment