सर्लाहीमा पनि चुल्ठो काटियो, खवर सुनेपछि सर्लाहीवासी त्रसित



सरोज यादव | भदौ १६, सर्लाही | सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला सर्लाहीमा पनि कपाल काटिएको छ ।
सर्लाही लालबन्दी नगरपालीका १६ परवानीपुरमा गएराती एक जनाको चोटि काटिएको छ । रिना घिमिरे नाम गरेकी बालीकाको कपाल काटिएको छ । महोत्तरीको तुल्सी पाटु कि १४ वर्षिया वालिका चार महिनादेखि उनी आफ्नै काका केशव घिमिरेको घर परवानीपुरमा बस्दै आईरहेकि छिन् । राती खाना खाएर सुति सके पछि बिहान हेर्दा ओछ्यानमा कपाल काटेको थियो । कपाल कति बेला काटियो भन्ने थाहा नभएको उनले बताईन ।
यता पर्सामा २० जना जति महिलाको कपाल काटिएको उजुरी प्रहरी कार्यालयमा परेको छ । दुई साताअगाडि वीरगन्जबाट शुरु भएको यो समस्या तराईका अन्य जिल्लाहरूमा पनि फैलिँदै जाँदा महिलाहरू त्रसित बनेका छन् । कतिपय त यही समस्याका कारण बिरामी परेर अस्पतालमा उपचार गराउन गएको खबर छ । मानिसले होस् वा अन्य अज्ञात वस्तुले होस्, यसरी सयौं महिलाको कपाल काटिँदा सरकार बेखबर छ ।
घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइन्छ् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।
कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । स्थानीयवासीहरू डरले त्रसित भएपछि भूतप्रेतको प्रवेश नहोस् भनेर आफ्नो घरको मूलगेटमा कागती, लसुन, खुर्सानी, नीमको पातजस्ता वस्तु झुन्ड्याउने गरेको पनि समाचार छ । यति हुँदा पनि सरकारी तवरबाट कुनै खोजखबर–अनुसन्धान नहुनु विडम्बना नै मान्नुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!



www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment